Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरमा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते

  पाल्पा, रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६...


 पाल्पा, रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षिय सुनिल वि.क. र सोही मोटरसाईकलमा सवार उनका ४० वर्षिय आमा सेती वि.क. घाईते हुनु भएको हो ।

रामपुर बाट कावासोती तर्फ जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर–१, फोक्सिङकोट बाट बेझाँड तर्फ आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाईकल शुक्रबार विहान ७ बजे ठोक्किएको थियो । घाईतेहरुको अहिले रामपुर अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घाईते मध्ये चालकको अवस्था मध्यम र उनको आमाको अवस्था गम्भिर रहेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।