Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

सूर्य ज्योति लाईफ द्वारा सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी

पाल्पा, सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन स...



पाल्पा, सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

पाँच वर्ष अघि ५ लाखको सावधिक वीमा पोलिसी खरिद गर्नु भएका सुतीको गत कार्तिकमा निधन भएको थियो । सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले आज एक कार्यक्रमका विच छ लाख १४ हजार ५८३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख विष्णु लम्सालले अभिकर्ता धन बहादुर ठाडा सहितका व्यक्तिहरुको उपस्थितिमा स्वर्गीय सुतीको श्रीमती जयन्ती सुतीलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

शाखा प्रमुख लम्सालले विमाङ्क रकम ५ लाख र आर्जित बोनस सहितको रकम प्रदान गरिएको जानकारी दिनुभयो । स्वर्गीय सुतीले पाँच वर्षको अवधिमा कम्पनीलाई एक लाख ४६ हजार आठ सय २५ रुपैयाँ भुक्तानी गर्नु भएको थियो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।