Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

फेवातालमा डुङ्गा दुर्घटनाः स्याङ्जाका सोभितको सकुशल उद्धार

  पोखरा । फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । अचानक चलेको हावाहुर...


 पोखरा । फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङ्जाको अर्जुनचौपारी–३ का २० वर्षीय सोभित परियार डुबेका थिए । घटनालगत्तै सशस्त्र प्रहरीको फेवातालको बाराहीघाटस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सोही टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।