गुल्मी, गुडिरहेको बसको ढोकाबाट खसेर एकजना को मृत्यु भएको छ । बुटवल देखि मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डम...
बुटवल देखि मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु १ ख ५७३६ नम्वरको बसको ढोकाबाट खसेर इश्मा गाउँपालिका ५ की ३९ वर्षीया शान्ती कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो । बसका सहचालक र कुमालबीच भाडाको विषयमा विवाद भएको र चलिरहेको बसको ढोकाबाट खसेर घाइते हुनुभएकी कुमाललाई गुल्मी अस्पतलमा ल्याइएको थियो । अस्पतालले कुमाललाई मृत घोषणा गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।