Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुर महोत्सव आजबाट सुरु, उद्योग र पर्यटन प्रवर्द्धनमा जोड

 चौथो रामपुर महोत्सव तथा व्यापार मेला मंगलबारदेखि सुरु भएको छ। "आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार...


 चौथो रामपुर महोत्सव तथा व्यापार मेला मंगलबारदेखि सुरु भएको छ। "आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार" नारासहित उद्घाटन गरिएको महोत्सवमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही प्रमुख अतिथि रहनु भयो।


मन्त्री शाहीले महोत्सव उद्घाटन गर्दै आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, र घरेलु उद्योग प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, बनमा कुहिरहेका काठ बिक्रीका लागि नीतिगत सुधार गर्ने प्रयास आफूले गर्ने बताउनुभयो।


कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले महोत्सवले कालीगण्डकी उपत्यकाको पर्यटन, घरेलु उद्योग, कृषि प्रवर्द्धन, र व्यावसायिक सम्भावनाको उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मी गैरेले कालीगण्डकी नदी डाइभर्सन रोक्नुपर्ने र स्थानीय भूमिको सदुपयोगमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।


कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरू, रामपुर नगरपालिकाका प्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारीहरू, तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना विचार राखेका थिए।


उद्घाटन सत्रमा रामपुर उद्योग वाणिज्य संघको भवनबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै कार्यक्रम स्थल पुगेको थियो। २०० भन्दा बढी सहभागी समूहले स्थानीय कला, संस्कृति, र नाचगान प्रस्तुत गरेका थिए।


महोत्सवको पहिलो दिन राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रीता थापाले साङ्गीतिक प्रस्तुति दिएकी थिइन्। कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका महासचिव पुरूषोत्तम केसीले गर्नुभएको हो।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।