Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

वालिङमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय युवकको मृत्यु

 स्याङ्जाको वालिङ नगरपालिका–८, डुम्रीकोटमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। आइतबार राति करिब ८ बजे सिद्धार्थ राजमार्ग ...


 स्याङ्जाको वालिङ नगरपालिका–८, डुम्रीकोटमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। आइतबार राति करिब ८ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ मोडबाट भकुण्डेतर्फ जाँदै गरेको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो।


मृत्यु हुनेमा बिरुवा गाउँपालिका–७ घर भई हाल वालिङ–९ क्याम्पस रोडमा बस्दै आएका १६ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। ट्रक (ग १ ख ९४७२) र मोटरसाइकल (लु ६९ प ८०६७) एकै दिशा हुँदै जाँदै गर्दा घुम्तीमा ओभरटेक गर्ने प्रयास गर्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिप्रसाद पौडेलले जानकारी दिए।


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइए पनि चिकित्सकले राति ९ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


दुर्घटनापछि ट्रक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।