Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा आगलागीबाट जलेर वृद्ध महिलाको दुःखद निधन

 स्याङ्जा, माघ २३ – खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा एक वृद्ध महिलाको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार गल्याङ नगरपालिका–१ तुलसीभञ्ज...


 स्याङ्जा, माघ २३ – खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा एक वृद्ध महिलाको जलेर मृत्यु भएको छ।


प्रहरीका अनुसार गल्याङ नगरपालिका–१ तुलसीभञ्ज्याङकी ७१ वर्षीया चित्रकला अर्यालको कपडामा अचानक आगो लाग्दा उनको शरीर गम्भीर रूपमा जलेको थियो।

घटनापछि उनलाई तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइयो। थप उपचार आवश्यक भएपछि उनलाई मिसन अस्पताल पाल्पा रिफर गरियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।

प्रारम्भिक अनुसन्धानअनुसार खाना पकाउने क्रममा अचानक कपडामा आगो सल्किएको र यसै कारण गम्भीर दुर्घटना भएको बताइएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।