Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

कालीगण्डकी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता

 स्याङ्जा, चापाकोट – स्याङ्जाको चापाकोट नगरपालिका–१ तेउनासस्थित कालीगण्डकी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पाल्पा...


 स्याङ्जा, चापाकोट – स्याङ्जाको चापाकोट नगरपालिका–१ तेउनासस्थित कालीगण्डकी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता भएका छन्।


बेपत्ता हुनेमा पाल्पा, रामपुर नगरपालिका–१०, कुमालटोलका ५८ वर्षीय मेघनाथ कुमाल रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, आज दिउँसो करिब २ बजे उनले नदीमा हामफालेका थिए।


प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा रहेकी छोरीलाई समान पठाउन भन्दै उनी घरबाट हिँडेका थिए। तर, सम्बन्धित ठाउँमा नपुगि कालीगण्डकी नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए।


बेपत्ता कुमालको खोजीका लागि इलाका प्रहरी कार्यालय चापाकोटबाट टोली परिचालित रहेको प्रहरीले जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।