Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको वालिङ आउँदै गरेको जिप लिदीमा दुर्घटना, २ जनाको मृत्यु, ७ घाइते

 गुल्मीको पुर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु १ ज ४४६० नम्बरको जिप पर्वत जिल्लाको बिहादी गाउँपालिका-३, लिदीमा आज बिहान दुर्घटनाग्रस...


 गुल्मीको पुर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु १ ज ४४६० नम्बरको जिप पर्वत जिल्लाको बिहादी गाउँपालिका-३, लिदीमा आज बिहान दुर्घटनाग्रस्त भएको छ।


दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। घटनास्थलमा रहेका वालिङ-१२ निवासी इन्द्र भट्टराईका अनुसार प्रहरी टोली पुगिसकेको छ।


दुर्घटनामा पर्वत निवासी ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मी कालिगण्डकी निवासी ६५ वर्षीय लिलाचन भट्टको ज्यान गएको छ। साथै, सहचालक गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ।


जिपमा रहेका अधिकांश यात्रु वालिङ पेन्सन लिन जाँदै गरेको बुझिएको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।


धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।