Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नयाँ वर्षको अवसरमा चापाकोट सितलटार उद्यानमा विशेष कार्यक्रम हुने

 स्याङ्जा, चैत २९ – नयाँ वर्ष २०८२ को पावन अवसरमा चापाकोट नगरपालिका–९, बेल्चौरस्थित चापाकोट सितलटार उद्यानमा विशेष धार्मिक, सांस्कृतिक तथा स...


 स्याङ्जा, चैत २९ – नयाँ वर्ष २०८२ को पावन अवसरमा चापाकोट नगरपालिका–९, बेल्चौरस्थित चापाकोट सितलटार उद्यानमा विशेष धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमको आयोजना गरिँदैछ। चापाकोट सितलटार पार्क व्यवस्थापन समितिको पहलमा आयोजना हुन लागेको उक्त कार्यक्रम यही २०८१ साल चैत ३० गते शनिबार दिउँसो १ बजे सुरु हुने बताइएको छ।


कार्यक्रममा शुभकामना आदानप्रदान, भजनकृतन, गंगाजल लक्ष दीप प्रज्वलन तथा विशेष सम्मान कार्यक्रमको आयोजना गरिनेछ। धर्म, संस्कृति र पर्यटनको संयोजन गर्दै स्थानीय स्तरमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजक पक्षले जनाएको छ।


यस कार्यक्रममा चापाकोट नगरपालिकाको विशेष सहयोग रहेको छ भने इलाका प्रहरी कार्यालय चापाकोट, गण्डकी बेसी बचत तथा ऋण सहकारी संस्था, सितलटार आमा समूह तथा त्रिपुरेश्वर शिवशक्ति महिला विकास समूहको सक्रिय भूमिकासमेत रहनेछ।


स्थानीय समुदायको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश पुर्‍याउने विश्वास लिइएको छ। आयोजक समितिले यस अवसरमा सम्पूर्ण स्थानीय बासिन्दा, अतिथि तथा सरोकारवालालाई कार्यक्रममा उपस्थित भई आ–आफ्नो गरिमामय उपस्थिति जनाउन हार्दिक अनुरोध गरेको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।