Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नगर प्रहरीले मेसिन कब्जा गरेपछि चापाकोटमा तनाव, स्थानीय महिलाहरू आक्रोशित

 चापाकोट, वैशाख ९, २०८२ — चापाकोट नगरपालिकामा पाँच वर्ष अघि तत्कालीन नगरप्रमुख शिव गिरी र उपप्रमुख विमला श्रेष्ठको हातबाट उद्घाटन गरिएको दुन...


 चापाकोट, वैशाख ९, २०८२ — चापाकोट नगरपालिकामा पाँच वर्ष अघि तत्कालीन नगरप्रमुख शिव गिरी र उपप्रमुख विमला श्रेष्ठको हातबाट उद्घाटन गरिएको दुनाटपरी मेसिनलाई हालै नगर प्रहरीले ताला फोडेर लैजाँदा विवाद उत्पन्न भएको छ।

२०७७ सालमा आत्मनिर्भर महिला सहकारीलाई हस्तान्तरण गरिएको सो मेसिन नगरपालिकाको निर्देशनमा नगर प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय महिलाहरू आक्रोशित बनेका छन्। सहकारी मार्फत स्थानीय महिलाहरूले आयआर्जन गर्नका लागि प्रयोग गरिएको उक्त मेसिन एकाएक लिइएकोप्रति उनीहरूले प्रशासन र सञ्चारकर्मीहरूलाई खबर गरेका हुन् ।

स्थानीयहरूको आरोप छ— नगरपालिकाले योजनाबद्ध रूपमा आफू अनुकूल आमा समूहलाई सो मेसिन हस्तान्तरण गर्न यस्तो कार्य गरेको हो। यता नगरपालिकाका केही प्रतिनिधिहरूले भने उक्त मेसिन निष्क्रिय रूपमा राखिएकाले नियन्त्रणमा लिएको जिकिर गरेका छन्।

तर सहकारीले भने यदि निष्क्रिय मेसिन नियन्त्रणमा लिने हो भने बेसार पिस्ने र उखु पेल्ने मेसिनहरू पनि लैजानुपर्ने बताउँदै चेतावनी दिएका छन्।

विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले घटनाबारे अध्ययन गर्ने तयारी थालेको छ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।