पाल्पा, चैत ३१ — पाल्पा जिल्लाको रामपुर नगरपालिकामा स्कुटी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति रामपु...
दुर्घटनामा मृत्यु हुने व्यक्ति रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लका अनुसार आइतबार साँझ करिब ८:३० बजे रामपुरको ओइरीघाट भित्री सडकमा लु ०१–००४प–८०३९ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका ठाडालाई तत्काल उद्धार गरी रामपुर अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।