२० फागुन, चापाकोट — नेकपा एमाले चापाकोट नगर कमिटीका अध्यक्ष राजु कोइराला अब नेपाली काँग्रेस मा आबद्ध हुनुभएको छ। स्याङ्जामा आयोजित कार्यक्रम...
२० फागुन, चापाकोट — नेकपा एमाले चापाकोट नगर कमिटीका अध्यक्ष राजु कोइराला अब नेपाली काँग्रेस मा आबद्ध हुनुभएको छ। स्याङ्जामा आयोजित कार्यक्रममा जिल्ला सभापति राजु थापा ले उहाँलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएको हो।
कोइराला यसअघि चापाकोट नगरपालिकामा एमालेबाट नगर प्रमुख पदका उम्मेदवार समेत बन्नुभएको थियो। अब उहाँको यो निर्णयसँगै चापाकोटको स्थानीय राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।
राजनीति परिवर्तनशील छ, र यस परिवर्तनले आगामी दिनमा कस्तो असर पार्छ, त्यो हेर्न बाँकी नै छ।
