पाल्पा, रामपुर । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सन्दिप रानाज्यूलाई स...
पाल्पा, रामपुर । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सन्दिप रानाज्यूलाई स्वागत सम्मान तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
रामपुर बेझाँडस्थित खानेपानी योजनाको कार्यालय भवनमा आयोजित कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, प्रमुख अतिथि माननीय सन्दिप राना, विशिष्ट अतिथि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवं प्रदेश सांसद राजु प्रसाद श्रेष्ठ, नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण लगायत वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त अवसरमा नववर्ष २०८३ को शुभकामना आदानप्रदानसँगै स्थानीय विकास, खानेपानी तथा सरसफाइका विषयमा समेत छलफल भएको जनाइएको छ।
