Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

मकैमा भन्दा सूर्यमुखीमा किसानको आकर्षण

  सुशीला रेग्मी । रामपुर कुनै समय घर आँगनका डिल, वरपर, करेसाबारी, बगैचामा, शौख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने यसलाई...

 


सुशीला रेग्मी । रामपुर

कुनै समय घर आँगनका डिल, वरपर, करेसाबारी, बगैचामा, शौख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने यसलाई कृषकले व्यवसायिकरणमा जोड दिएका छन् । आम्दानी र शौख परिपूर्तिका लागि यतिखेर पाल्पाका कृषकको रोजाईमा परेको छ, सूर्यमुखी खेती ।


मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यवसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मुल्य बृद्धि हुदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ । रामपुर नगपालिका वडा नं ५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर भने सूर्यमुखी फूलले ढकमक्क ढाकिएका छन् । घर अगाडीको खेतभरी पहेँलै सूर्यमुखी फूल्दा कृषि कार्य गर्दाको सबै थकान मेटिएको उनलाई अनुभुती हुन्छ ।


उनी भन्छन् “घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा जोँश जाँगर बढेर आउँछ, अहिले खेतभरी जताततै सूर्यमुखी नै सूर्यमुखी फूलेको छ, हराभरा देख्दा मनका पिडा सबै हराएर जान्छ, मनमा आनन्दानुभुती हुन्छ” । अहिले सूर्यमुखीमा भुल्ने भमरा र फूलको बास्नादारमा रमाउँने, फूलसंगै रमाउँदै सामाजिक संजाल फेसबुकमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल छ ।


यहाँ फूल्दै गरेको सूर्यमुखीसंग बालबालिका देखि युवायुवती बृद्धबृद्धाहरु सबै उमेर समुहका व्यक्ति फूलसंग रमाउँदै फोटो खिचाउने र सामाजिक संजालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभ्याउदो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रुहरु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।


अहिले यहाँ दैनिक तीन सय भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठले बताए । उनले भने, “खेतमा फूलेको फूल संग ठुलो संख्यामा अवलोकन गर्ने, रमाउने भेटिन्छन्, बिशेषगरी साँझपख भने सूर्यमुखीमा भीड लाग्ने गरेको छ, देख्दै आनन्द लाग्दछ, फूल्न पनि असाध्यै राम्रो फूलको छ” । उनले मकै बालीको उत्पादन लिदै आउनुभएको पाँच रोपनी खेतमा यसवर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाएका छन् ।


कृषि ज्ञानकेन्द्रको रु ६ लाख आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ५ को बेझाड खेतमा करिव दुई सय रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला मकैले भरिन्थे । आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यासायिकरण गरेका हुन् । अनुदानमा वीउ तथा सिंचाईका लागि कुलो मर्मत तथा पुनः निर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् ।


प्रति रोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेँलै सूर्यमुखी फूल्दा मनको पिडा, वेदना नै खुशीमा परिणत बनेको कृष्णकान्त पौडेलले बताए । “राम्रै मकै उत्पादन हुने खेतमा सूर्यमुखीबाट अझ धेरै आम्दानी लिनका लागि मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउन सुरु गरेको छुँ, परिक्षणमै राम्रै फल लाग्यो अर्को वर्ष खेती बिस्तार गर्नेछु” उनले भने ।


तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएको हुदा सूर्यमुखी खेतीलाई व्यासायिक रुपमा रोजेको कृषक दुर्गादेवी शर्माले बताइन् । “मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, आफुले उत्पादन गरेको स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि व्यासायिक तवरले नै खेती गर्न थालेका छौँ” उनले भनिन् । सामान्य तरिकाले लगाउँदा पनि राम्रै फल दिएकाले यस खेतीप्रति कृषक सन्तुष्ट रहेको र अर्को वर्षको लागि व्यवस्थित ढंगले समयमा नै खेती गर्ने सोँच राखेको वडा सदस्य विष्णुप्रसाद बस्यालले बताए ।


रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परिक्षणका रुपमा लगाइएको सूर्यमुखी सोँचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताए ।

रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रम अन्र्तगत सूर्यमुखी खेती सुरु गरेको वडा अध्यक्ष हिमाल मल्लले बताए । रम्भा गाउँपालिका वडा नं १ सघाहा बस्ने ऋषिराम अर्यालले बिगत चार वर्ष यता बजारको तेल उपभोग गरेका छैनन् । आफैले घरमा उत्पादन गरेको सूर्यमुखीकै तेल उपभोग गर्छन् ।


धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।