Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको चापाकोट नगरपालिका भित्र असार १६ बाट विद्यालय सञ्चालन गर्ने निर्णय

  स्याङ्गजा/१२ असार- स्याङ्गजाको चापाकोट नगरपालिकाले असार १६ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नरपालिका भित्रका सामुदायिक,संस्...

 


स्याङ्गजा/१२ असार-

स्याङ्गजाको चापाकोट नगरपालिकाले असार १६ गते बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नरपालिका भित्रका सामुदायिक,संस्थागत तथा समुदायमा आधारित बालविकास केन्द्रशहरु लगायत सबै विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।


नगर शिक्षा समितिको असार ९ गते बसेको वैठकले असार १५ गते सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गर्ने र असार १६ गतेबाट विद्यालय सञ्चालन गर्न सबै विद्यालयलाई परीपत्र जारी गरेको छ ।


विद्यालय सञ्चालन गर्दा स्वस्थ्य मापदण्ड पालना गर्दे जोर विजोर प्रणली वा बिहान दिउसोको समुह बनाएर दुरी कायम गरी विद्यार्थीको भौतिक उपस्थितिमा गर्ने बैठकले निर्णय गरेको जनाएको छ ।


असार १६ गतेबाट शिक्षकहरु अनिवार्य विद्यालय उपस्थित भई हजिर हुनु भनिएको छ । बाहिरि जिल्लाबाट आउने शिक्षकहरुको लागि नगरपालिकाले निशुल्क एन्टिजेन परिक्षण गर्ने र परिक्षणमा नेगेटिभ रिपोर्ट आएमा मात्र शिक्षकलाई विद्यालय प्रवेश गराईने नगर प्रमुख शिव कुमार गिरीले बताउनु भयो ।


साथै नगरपालिका शिक्षा शाखाबाट माक्स,सेनिटाईजर,थर्मोमिटर, थर्माेगन , अक्सिमिटर , हेन्डवास आदी सामाग्री विद्यालयहरुलाई उपलब्ध गराइने जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।