Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाका थप ३५ मा कोरोना पुष्टि, ३ जनाको निधन

  स्याङ्जा, १८ जेठ । स्याङ्जाका थप ३५ जनामा कोरोना पुष्टि भएको छ भने ३ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ । पछिल्लो २४ घण्टामा संक्रम...

 


स्याङ्जा, १८ जेठ । स्याङ्जाका थप ३५ जनामा कोरोना पुष्टि भएको छ भने ३ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट गल्याङ नगरपालिकाका एक जना र अर्जुन चौपारी र कालीगण्डकी गाउँपालिकाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार गल्याङ नगरपालिका ८ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा निधन भएको छ । उहाँलाई जेठ ८ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी अर्जुन चौपारी गाउँपालिका ५ का ८६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा आर्मी अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।

निर्देशक शर्माको अनुसार कालीगण्डकी गाउँपालिका ७ का ६२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पछिल्लो २४ घण्टामा जिल्लाका १८ पुरुष र १७ महिला गरी थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।