Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

संसद्को हिउँदे अधिवेशन आजदेखि, ६ वटा अध्यादेश पेस हुँदै (कार्यसूचीसहित)

  काठमाण्डाै - संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा  गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (का...


 काठमाण्डाै - संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा  गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची छ ।


त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजदेखि  सुरु हुने संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतामाथि छलफललाई अघि बढाउने अनुमान पनि गरिएको छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको कार्यसूचीमा भने एमसीसीलाई राखिएको छैन । यस्तै, संसद् सचिवालयले बैठक बस्नु अघि १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।


Source ;-उज्यालो । Ujyaalo

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।