Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

धवलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

बागलुङ । बागलुङस्थित धवलागिरी अस्पताल गण्डकी प्रदेशमध्येकै उत्कृष्ट अस्पतालका रुपमा चुनिएको छ। धवलागिरी अस्पताल न्यूनतम स्वास्थ्य मापदण्ड सर...



बागलुङ । बागलुङस्थित धवलागिरी अस्पताल गण्डकी प्रदेशमध्येकै उत्कृष्ट अस्पतालका रुपमा चुनिएको छ। धवलागिरी अस्पताल न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा चुनिएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा २ पटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक अंक प्राप्त गर्दै आएको हो।

हाल, उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत अस्पताल उत्कृष्ट घोषण भएको थियो। धवलागिरी, गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अंक प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माको समूहले धवलागिरी अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तरक्रियाका क्रममा अस्पतालले आफ्ना कमी कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अंक प्राप्त गरेको जानकारी गराएका थिए।

विसं २०७७ का आवमा गरिएको एक सर्वेक्षणमा ६६ अंक प्राप्त गरेको सो अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अंक प्राप्त गरेको थियो। -रासस

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।