रामपुर नगरपालिका–५, मा शुक्रबार अपरान्ह अटो र जिप ठाेक्किदा चालक सहित अटोमा सवार ४ जना घाईते भएका छन् । कालीगण्की करिडोर अन्तर्गत सानीअमर...
रामपुर नगरपालिका–५, मा शुक्रबार अपरान्ह अटो र जिप ठाेक्किदा चालक सहित अटोमा सवार ४ जना घाईते भएका छन् । कालीगण्की करिडोर अन्तर्गत सानीअमराईमा गुडिरहेको अटोलाई विपरित दिशा बाट आएको जिपले ठक्कर दिएको थियो ।
अपरान्ह सवा ५ बजे रामपुर बेझाँड बजार बाट विजयपुर तर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरकाे अटाे र तानसेन बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप एक आपसमा ठाेक्किदा ४ जना घाईते भएको हो । घाईते हुनेहरुमा आटो चालक निस्दी–२, सहलकोटका ४५ वर्षिय चोप बहादुर ढेंगा, रामपुर नगरपालिका ३ ओइरेघाटका ३९ वर्षिय सुरेन्द्र थापा क्षेत्री, उहाँको छोरी १० वर्षिय अञ्जली थापा क्षेत्री र १२ वर्षिय पुष्पा थापा क्षेत्री रहेकाे प्रहरीले जनाएको छ ।
घाईते मध्ये पुष्पाको अवस्था सामान्य रहेको छ । अन्य ३ जनालाई रामपुर अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि तानसेन रेफर गरेको छ । उनीहरुको हात, खुट्टा, टाउकोमा चोट लागेको छ ।ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर केसीले जानकारी दिनुभयो ।