Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

अपडेट - रामपुरमा अटो र जिप ठाेक्किदा घाईते भएका अटो चालकको उपचारको क्रममा निधन

पाल्पा , रामपुर नगरपालिका–५, मा हिजो अपरान्ह अटो र जिप ठाेक्किदा घाईते भएका अटो चालको उपचारको क्रममा निधन भएको छ । साँझ कालीगण्डकी करिडोर अन...

पाल्पा, रामपुर नगरपालिका–५, मा हिजो अपरान्ह अटो र जिप ठाेक्किदा घाईते भएका अटो चालको उपचारको क्रममा निधन भएको छ । साँझ कालीगण्डकी करिडोर अन्तर्गत रामपुर-५, सानीअमराईमा अटो र जिप ठोक्कीँदा चालक निस्दी-२, सहलकोटका ४५ वर्षिय चोप बहादुर ढेंगा सहित ४ जना घाईते भएका थिए ।

ढेंगालाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात युनाईटेड मिसन अस्पताल लगिएको थियो । उहाँको उपचारकै क्रममा शुक्रबार साँझ साढे ९ बजे अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । रामपुर बेझाँड बजार बाट विजयपुर तर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरकाे अटाे र  तानसेन बाट रामपुर बेझाँड तर्फ आउँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप एक आपसमा ठाेक्किदा चालक ढेंगा संगै अटोमा सवार रामपुर नगरपालिका ३ ओइरेघाटका ३९ वर्षिय सुरेन्द्र थापा क्षेत्री, उहाँको छोरी १० वर्षिय अञ्जली थापा क्षेत्री र १२ वर्षिय पुष्पा थापा क्षेत्री घाईते भएका थिए । घाईते मध्ये सुरेन्द्र र अञ्जलीको रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सामान्य घाईते पुष्पालाई रामपुर अस्पतालमा उपचार पछि घर पठाईएको छ ।

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर केसीले जानकारी दिनुभयो ।

Via - KatuwalKhabar


धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।