Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गण्डकी प्रदेशस्तरिय छनोट पुस २५ र २६ गते चापाकोटमा हुने

 स्याङ्जा । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि यहि पुस २५ र २६ गते प्रदेशस्तरिय छनोट प्रतियोग...


 स्याङ्जा । गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताका लागि यहि पुस २५ र २६ गते प्रदेशस्तरिय छनोट प्रतियोगिता गर्ने भएको छ ।


छनोटमा नवलपुर,कास्की र स्याङ्जा गरी तीन जिल्लाका टोली सहभागि छन् । प्रतियोगिताको सम्पूर्ण खेल स्याङ्जाको चापाकोटस्थित गंगालाल खेल मैदानमा हुनेछ ।




प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता पुस २९देखि इटहरीको जनता क्रिकेट पार्कमा हुनेछ ।


यस प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोलीको सहभागिता रहनेछ । खेल लिग कम नकआउटको आधारमा संञ्चालन हुने प्रतियोगिताका आठ टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।


प्रत्येक समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने प्रतियोगितामा कुल १८ खेल हुनेछन् ।


प्रतियोगिताको विजेताले पाँच,उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २० हजार रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ३ हजार प्राप्त गर्नेछन् ।


धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।