Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

प्रधानमन्त्री कपको लागि गण्डकी प्रदेशस्तरीय छनोट आजदेखि चापाकोट मा हुँदै

  स्याङ्जा । इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिता २०७९ को लागि गण्डकी प्रदेशले आजदेखि प्रदेशस्तरिय ...


 

स्याङ्जा । इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी२० क्रिकेट प्रतियोगिता २०७९ को लागि गण्डकी प्रदेशले आजदेखि प्रदेशस्तरिय छनोट प्रतियोगिता सुरु गरेको छ । 


गण्डकी प्रदेश क्रिकेट संघले पुस २९ देखि प्रदेश १ को इटहरीमा आयोजना हुने प्रधानमन्त्री कप क्रिकेटमा सहभागी गराउन प्रदेशस्तरीय प्रतियोगता गरिएको आयोजक गण्डकी प्रदेश क्रिकेट संघ जनाएको छ ।


आज पहिलो दिन २ खेल हुँदैछ । पहिलो खेलमा स्याङ्जा जिल्ला क्रिकेट टिमले नवलपुर क्रिकेट टिमसँग खेल्नेछ । यो खेल आज बिहान ९ बजेबाट स्याङ्जाको चापाकोटस्थित गंगालाल खेल मैदानमा हुनेछ । यस्तै आजै स्याङ्जाले दोस्रो खेलमा कास्की जिल्लाकाे टिमसँग खेल्नेछ । यो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।


छनोटमा खेलमा तीन जिल्लाको टिम सहभागि हुने छन् । जसमा नवलपुर, कास्की र स्याङ्जा रहेका छन् । 


प्रधानमन्त्री टी२० क्रिकेट प्रतियोगिता पुस २९ देखि इटहरको जनता क्रिकेट पार्क ९ मा हुनेछ । यो प्रतियोगितामा ८ टोलीको सहभागि हुनेछन् । खेल लिग कप नकआउटको आधारमा संञ्चालन हुने र कुल १८ खेल, ८ टिमलाई २ समूहमा विभाजन गरि समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । 


यस्तै गण्डकी प्रदेशले आफ्नो पहिलो खेलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग पुस ३० गते खेल्दै पीएम कपको सुरुवात गर्नेछ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।