Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

क्रिकेटर कुमाललाई ५० हजार रुपैयाँ प्रदान

  गुल्मी। अष्ट्रेलियामा रहेकाे सूचना प्रविधि सम्बन्धी कम्पनी 'एक्स्ट्राटेक'ले क्रिकेटर अर्जुन कुमाललाई ५० हजार रुपैयाँसहित सम्मान ग...


 गुल्मी। अष्ट्रेलियामा रहेकाे सूचना प्रविधि सम्बन्धी कम्पनी 'एक्स्ट्राटेक'ले क्रिकेटर अर्जुन कुमाललाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।


नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कुमाललाई संस्थाले ५० हजार रुपैयाँ सहयोग गरेको हो । अस्ट्रेलियाबाट प्राप्त रकम सञ्चारकर्मी मोहन बस्नेतले क्रिकेटर कुमाललाई हस्तान्तरण गर्नुभयो ।


'एक्स्ट्राटेक'का निर्देशक विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउनुभयो । यसअघि पनि विभिन्न खेलाडी र खेल संस्थालाई सहयोग गर्दै आएको 'एक्स्ट्राटेक'ले आगामी दिनमा पनि सहयोग जारी राख्ने कम्पनीका हेड अफ क्यारियर काउन्सिलर सुदीक्षा गौतमले बताउनुभयो ।


क्रिकेटर कुमालले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाले सहयोग गरिरहेको र यसले थप राम्रो खेल्न प्रेरणा मिलेको बताउनुभयो ।


क्रिकेटर अर्जुन कुमाल गुल्मीको छत्रकोट र 'एक्स्ट्राटेक'का निर्देशक कुँवर गुल्मीको मदानेका बासिन्दा हुन् ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।