स्याङ्जा, गण्डकी प्रदेश सरकारले चैत १५ गते बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा...
मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना बमोजिम बुधबार सार्वजनिक बिदा दिएको हो ।
गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशन गरेको छ ।
यता, कर्णाली प्रदेश सरकारले बिहीबार बिदा दिएको छ । रामनवमीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए ।
त्यसदिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको हो । गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा बिदा दिने निर्णय गरेको थियो ।