Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा तीन घाइते

  स्याङ्जा, २८ चैत । स्याङ्जाको वालिङ नगरपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ नगरपालिका ५ बस्...


 स्याङ्जा, २८ चैत । स्याङ्जाको वालिङ नगरपालिकामा सोमबार राति जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।


घाइते हुनेमा वालिङ नगरपालिका ५ बस्ने ५१ वर्षीय जीप चालक टेक बहादुर खड्का, ४ बस्ने २८ वर्षीय सन्तोषी मल्ल र चापाकोट नगरपालिका ३ बस्ने रेशमा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइतेमध्ये जीप चालक खड्का र मल्लको टाउकोमा चोट लागेको छ ।


सोमबार राति चापाकोटको पुम्दीबाट वालिङतर्फ आउँदै गरेको ग १ ज ४१७१ नम्बर जीप बडहरेमा दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले बताएको छ । 


घाइतेहरुलाई वालिङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।


उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको र खतरामुक्त रहेको प्रहरीले बताएको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।