Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

हामी चापाकोट बासीबीच भावनात्मक माया छ, नगर प्रमुख देव बहादुर खांण ईश्वर

  स्याङ्जा, ३ वैशाख । चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (इश्वर) ले नगरपालिकाको सुखदुखमा हातेमालो गरेर अगाडी बढ्ने बताउनुभएको छ ...


 स्याङ्जा, ३ वैशाख । चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण (इश्वर) ले नगरपालिकाको सुखदुखमा हातेमालो गरेर अगाडी बढ्ने बताउनुभएको छ ।


चापाकोट नगरपालिकाको सुन्तौलिटार भएको प्रथम सांस्कृति तथा सडक महोत्सव साथै कृषि प्रदर्शनी मेलाको सम्पन्न कार्यक्रममा शुक्रबार बोल्दै नगर प्रमुख खाँणले चापाकोट बासी बाहिरको मानिसले सोचे जस्तो नभएको बताउनुभएको हो ।


उहाँले भन्नुभयो, “हामी चापाकोट बासीबीच भावनात्मक माया छ । हामी सबैबीच एकता छ । हामीबीच सद्भाव छ भन्ने कुरा कार्यक्रमको उपस्थितिले देखाइसकेको छ ।”


“हामी भनेको जनताको सेवक हौँ । हाम्रो भगवान, गुरु, बा, आमा जे भने पनि तपाईहरु हो । तपाईहरु खुशी हुनुभयो भने हामीले सफलता प्राप्त गर्छौ । तपाईहरु दुखी हुनु भयो भने हामी सफल हुन सक्दैनौँ । त्यसकारण हामी तपाईहरुको सुखदुखमा हातेमालो गरेर अगाडी बढ्न चाहान्छौँ, ” उहाँले भन्नुभयो ।

नगरप्रमुख खाँणले विभिन्न जातजातीको झाँकी प्रदेशर्नी गर्नेलाई पोशाक वितरण र कृषि उपज देखाउने, नेतृत्व प्रतियोगितामा सहभागीता जनाउने सबैलाई प्रोत्साहन स्वरुप एक हजारको दरले दिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा उहाँले हरेक कामको निर्णय नगरपालिकाको कार्यपालिकाबाट गर्ने समेत बताउनुभएको थियो ।


चापाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्र खनालले नगरपालिकाको ८५ प्रतिशत योजना सम्झौता भएर कामहरु तीब्र गतिमा भइरहेको बताउनुभएको थियो । उहाँले यस आर्थिक वर्षमा गरेको र आगामी दिनमा गर्ने काम र योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रममा चापाकोट नगरपालिकी उपप्रमुख ईशा राना, ९ का अध्यक्ष कृष्ण सुवेदी, १० का अध्यक्ष रामु कोइराला, इलाका प्रहरी कार्यालय चापाकोटका राजेन्द्र अधिकारी विभिन्न पार्टी प्रतिनिधि लगायत स्थानीयको उपस्थिती रहेको थियो ।


चापाकोट बजार व्यवस्थापन समितिका अध्यक्ष हेमन्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शान्ति श्रेष्ठले गर्नुभएको थियो । चैत ३० र वैशाख १ गते गरी दुई दिनसम्म चलेको सडक महोत्सवमा शिव हमाल, घनश्याम रिजाल, राजन कार्की, लक्ष्मण सिहं ठकुरी, अस्मिता राणपाल, याम नेपाली लगायत विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।