Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पूर्व नगर प्रमुख गिरीको शवयात्रा सहित आज अन्त्येष्टि

  स्याङ्जा : स्याङ्जाको चापाकोट नगरपालिकाका पुर्व नगर प्रमुख तथा नेपाली काँग्रेस स्याङ्जाका नेता शिबकुमार गिरीको आज अन्त्येष्टी गरिएको छ । ...


 स्याङ्जा :

स्याङ्जाको चापाकोट नगरपालिकाका पुर्व नगर प्रमुख तथा नेपाली काँग्रेस स्याङ्जाका नेता शिबकुमार गिरीको आज अन्त्येष्टी गरिएको छ । नेपाली काँग्रेसका नेता समेत रहेका गिरीको पार्थिव शरिरमा नेपाली काँग्रेसका पुर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गर्नु भएकाे थियाे । असार १ गते शुक्रवार राती सवारी दुर्घट्नामा परी गिरीको निधन भएको थियो । परिवारका सदस्य बाहिरी देशमा रहेकाले उनको पार्थिव शरिरलाई जिल्ला अस्पतालमा राखिएको थियो ।

नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालयमा पुर्व महामन्त्री कोइरालाले पार्टीको झण्डा ओढाएर बिदाई गरेपछि उनको दामाचौर स्थित ज्याग्दीघाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । २०१८ सालमा जन्मिएका गिरी नेपाली काँग्रेसको एक कुशल संगठक थिए । नेपाली काँग्रेस स्याङ्जाले एक क्रान्तिकारी नेता गुमाएको भन्दै यस घट्नाले स्याङ्जा काँग्रेसलाई अपुरणीय क्षती भएको जनाएको छ । उनको अन्तिम श्रदाञ्जलीका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ, जिल्ला सभापति राजु थापा लगायत जिल्ला लगायत बाहिरी जिल्लाबाट समेत ठुलो संख्यामा काँग्रेसका कार्यकर्ताहरु सहभागी भएका थिए ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।