Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

दोस्रो चापाकोट महोत्सवको तयारी तीब्र

  चापाकोट, २६ माघ । चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा हुन गइरहेको “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २...


 चापाकोट, २६ माघ । चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा हुन गइरहेको “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० ” को तयारी तीब्र पारिएको छ ।

फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवको तयारी तीब्र पारिएको मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघको अध्यक्ष निर्मल रानाले बताउनुभयो ।




अध्यक्ष रानाले भन्नुभयो, “महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । सबै उपसमितिले आ–आफ्नो कामहरु गरिरहनुभएको छ ।”

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको लगाएतका कार्यक्रम हुने अध्यक्ष रानाको भनाई छ ।

महोत्सवमा गाउँ– गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको चापाकोट उद्योग वाणिज्य संघको सचिव शिव श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने आयोजकको भनाई छ ।

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।