सुनिल न्यौपाने,स्याङ्जा- चापाकोट उद्योग बाणिज्य संघ र चापाकोट नगरपालिकाले आयोजना गर्न लागेको आगामी फागुनको ३ देखी १३ गते सम्म चापाकोटमा दो...
सुनिल न्यौपाने,स्याङ्जा- चापाकोट उद्योग बाणिज्य संघ र चापाकोट नगरपालिकाले आयोजना गर्न लागेको आगामी फागुनको ३ देखी १३ गते सम्म चापाकोटमा दोश्रो चापाकोट महोत्सव २०८० सञ्चालन गर्न लागेको छ ।
स्थानिय कला सस्कृतिको संरक्षण कृषि मेला प्रर्दशनी तथा पर्यटकिय गन्तब्यको प्रचार प्रसारमा टेवा पुर्याउन खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने महोत्सवमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता,प्यारागराइडिङ ,र्याफ्टिङ ,बक्तृत्वकला प्रतियोगिता,चापाकोट डान्स आइडल लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने चापाकोट उद्योग बाणिज्य संघका अध्यक्ष निर्मल रानाले जनाकारी दिनुभयो ।
मेलाको अबसरमा चापाकोट नगरपालिकाका हरेक वडाबाट मौलिक सास्कृतिक प्रर्दशनि, नौमती तथा झाँकी प्रर्दशनिलाई स्थान दिईने भएको महासचिव शिब श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको अबसरमा चापाकोट क्षेत्र लगायत कालीगण्डकी उपत्यकाका मनोरम दृश्य तथा प्रर्यटकीय क्षेत्रहरुको हेलिकप्टरबाट अबलोकन गर्ने अबसर समेत प्रदान गरिने भएको छ ।
न्युनतम शुल्कमा हेलिकप्टरबाट चापाकोट नगरपालिका लगायत यस क्षेत्रहरुको अबलोकन गर्न हेलिकप्टर सञ्चालक संग छलफल गरि निर्णय गर्ने निकर्ष सचिवालय समितिले निकालेको हो ।