Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

“दोस्रो चापाकोट महोत्सव” मा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

 चापाकोट, २७ माघ । “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” मा आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चापाकोट उद...


 चापाकोट, २७ माघ । “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०” मा आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको संरक्षकमा हुन गइरहेको दोस्रो चापाकोट महोत्सवमा फागुन ८ देखि १३ गतेसम्म आमन्त्रित जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, उत्कष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भर प्रशिक्षकलाई जनही रु ३ हजारको साथमा ट्रफी, मेडल प्रमाण पत्र गरिने भएको छ ।

टिम दर्ता निःशुल्क गरिएको प्रतियोगितामा खेल अवधि भर खेलाडीलाई खाना र बस्नेको व्यवस्था गरिएको भलिबल खेल संयोजक राजन दर्लामीले बताउनुभयो । आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितालाई “प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८०” भनेर पनि भनिएको छ ।

“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवको तयारी तीब्र पारिएको छ ।

मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले भन्नुभयो, “महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरिएको छ । सबै उपसमितिले आ–आफ्नो कामहरु गरिरहनुभएको छ । अहिले प्रचारप्रसारको कामलाई तीब्र दिएका छौँ । ”

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

गाउँ– गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने आयोजकको भनाई छ

धेरै पढीयको समाचार

Featured Post

विमलाको निधनपछि गण्डकीमा सांसद बन्नेछिन् स्याङ्जाकी सुनिता

१ मंसिर, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश ...

बलग भित्र खोज्नुहोस् ।