Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

गंगालाल माविलाई डा. बुद्धिमान श्रेष्ठद्वारा स्वर्ण जयन्ती अवसरमा दुई लाख सहयोग

 स्याङ्जा,५ माघ। शिक्षाप्रेमी, व्यवसायी तथा समाजसेवी डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका-९ मा रहेको गंगालाल माध्यमिक विद्यालयलाई स्वर्...


 स्याङ्जा,५ माघ। शिक्षाप्रेमी, व्यवसायी तथा समाजसेवी डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका-९ मा रहेको गंगालाल माध्यमिक विद्यालयलाई स्वर्ण जयन्तीको अवसरमा व्यक्तिगत रूपमा २ लाख १ सय ४१ रुपैयाँ सहयोग गर्नुभएको छ।


चापाकोट नगरपालिका-१० घर भई हाल काठमाडौंमा बस्दै आउनुभएका श्रेष्ठले उक्त सहयोग गर्नुभएको जानकारी दिनुभयो।


गंगालाल माविमा अध्ययन गरी सफल व्यापार व्यवसाय गर्ने विद्यार्थीहरूमध्ये श्रेष्ठ अग्रपंक्तिमा पर्नुहुन्छ। केडिसी हस्पिटलका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ बीएम फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ। साथै, उहाँले काठमाडौंमा रहेका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निभाउँदै आउनुभएको छ।


स्वर्ण जयन्ती भव्य रूपमा मनाउन गंगालाल माविमा अध्ययन गरी देश-विदेशका विभिन्न स्थानमा रहेका पूर्व विद्यार्थीहरूलाई चापाकोट काठमाडौं सहयोग आर्थिक उपसमितिका संयोजक रामबहादुर श्रेष्ठले आर्थिक सहयोगका लागि आग्रह गर्नुभएको छ।


विद्यालयका प्रधानाध्यापक गोपाल रेग्मीका अनुसार स्वर्ण जयन्तीको तयारीस्वरूप विद्यालयमा रङरोगन, स्वर्ण स्तम्भ निर्माण, प्रतिक्षालय, डिजिटल बोर्ड, मैदान निर्माण जस्ता कार्यहरू भइरहेका छन्।


प्रधानाध्यापक रेग्मीले भन्नुभयो, “विद्यालय स्थापनाका लागि अथक प्रयास गर्नुहुने सम्पूर्ण अग्रजहरूको सम्मानमा विभिन्न पेशा तथा क्षेत्रमा रहनुभएका पूर्व विद्यार्थीहरू, शिक्षकहरू, अभिभावकहरू लगायत सम्पूर्ण सरोकारवालाहरूलाई स्वर्ण जयन्तीको अवसरमा उपस्थित हुन हार्दिक निमन्त्रणा गरेका छौँ।”


स्याङ्जाको दक्षिणपूर्वी भूभागमा अवस्थित गंगालाल माध्यमिक विद्यालय चापाकोट नगरपालिका-९ स्थित सुन्तौलिटारमा विसं २०३१ सालमा स्थापना भएको थियो।


यो विद्यालयका विद्यार्थीहरूले विसं २०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेका हुन्।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।