Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

पुर्व राजा शाह स्याङ्जाको आलमदेवी मन्दिर आउने

 स्याङ्जा - पुर्व राजा ज्ञानेन्द्र शाह मंगलबार स्याङ्जाको प्रसिद्ध आलमदेवी मन्दिरमा पूजा गर्न आउने तय भएको छ। उहाँ बिहान ९:३० बजे मन्दिर पुग...



 स्याङ्जा - पुर्व राजा ज्ञानेन्द्र शाह मंगलबार स्याङ्जाको प्रसिद्ध आलमदेवी मन्दिरमा पूजा गर्न आउने तय भएको छ। उहाँ बिहान ९:३० बजे मन्दिर पुग्ने र करिब ११ बजेसम्म पूजा-अर्चना तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।


शाहका निजी चिकित्सक सहितको टोलीले खानाको गुणस्तर जाँच गरेपछि मन्दिरमै भोजन गरिने व्यवस्था मिलाइएको छ। सो जानकारी राप्रपा नेपालका केन्द्रीय सदस्य ज्ञान प्रसाद न्यौपानेले दिएका छन्।


पछिल्ला केही दिनदेखि पोखराका विभिन्न होटलमा बस्दै आएका पुर्व राजा मंगलबार बिहान ६:४५ बजे पोखराबाट हिँड्नेछन्। पूजापछि उनी पोखरा नै फर्कने कार्यक्रम छ। यसका लागि शाहका निजी सचिव सागर तिमिल्सिना पाँच दिनदेखि स्याङ्जामा तयारीमा जुटेका छन्।


राप्रपाका नेता तथा कार्यकर्ताहरुले शाहको स्वागत तथा अभिनन्दनका लागि विशेष कार्यक्रमको तयारी गरिरहेको बुझिएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।