Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ४३% अंक प्राप्त

 स्याङ्जा, २०८१ माघ २४ र २५ गते स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा तथा NSI को सहयोगमा चापाकोट अस्पताल, स्याङ्जाको न्यूनतम सेवा ...


 स्याङ्जा, २०८१ माघ २४ र २५ गते स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा तथा NSI को सहयोगमा चापाकोट अस्पताल, स्याङ्जाको न्यूनतम सेवा मापदण्ड (MSS) मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ।


छैटौं फलोअप कार्यक्रम अन्तर्गत मुल्यांकन गर्दा अस्पतालले ४३% प्राप्त गरेको छ। कार्यक्रमको दौरान अस्पतालले सुधार गर्नुपर्ने पक्षहरूबारे विस्तृत छलफल भएको थियो।


मुल्यांकन कार्यक्रममा प्रदेश अस्पताल, स्याङ्जाका डा. मोहन काफ्ले, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका MSS कार्यक्रम संयोजक प्रकाश राज शर्मा, कार्यान्वयन अधिकृत उर्मिला बराल, तथा NSI का HSP अधिकृत आईश्ता शाही सहभागी थिए।


कार्यक्रम चापाकोट अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो। चापाकोट नगरपालिकाका प्रमुख देब बहादुर खाण प्रमुख अतिथि रहेका थिए भने प्रशासकीय अधिकृत रमेश गौतम, स्वास्थ्य शाखा प्रमुख नबराज पौडेल, व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।